२०८२ मंसिर ७ गते, आईतवार १९:५३

इन्टरपोलको ९३औं महासभामा सहभागी हुन एआईजी राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान

काठमाडौं/ इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने ९३औं इन्टरपोल महासभामा सहभागी हुन नेपाल प्रहरीले उच्चस्तरीय टोली पठाएको छ।

प्रहरी एआईजी राजन अधिकारीको नेतृत्वमा बनेको टोली शनिबार नेपालबाट मोरक्को प्रस्थान गरेको छ। एआईजी अधिकारीसँगै, महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का पनि त्यतिबेला मोरक्कोका लागि प्रस्थान गरेका छन्।

सम्भाव्य अन्तर्राष्ट्रिय अपराधको रोकथाम र न्यूनीकरणका लागि आगामी रणनीतिहरू र नीति निर्माण प्रक्रियामा छलफल गर्न समग्र सदस्य राष्ट्रहरूको सहभागितामा उक्त महासभा आयोजना हुनेछ। यस अवसरमा, विभिन्न देशहरूका प्रहरी अधिकारीहरूले आपसमा अनुभव साझा गर्ने र नयाँ आपराधिक प्रवृत्तिहरूका बारेमा जानकारी लिने अवसर पाउनेछन्।

नेपाल प्रहरी, विशेषगरी इन्टरपोल शाखाले, अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा ल्याउन यस महासभामा सक्रिय सहभागिता जनाउने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM