काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजाललाई तीन महिनामै सरुवा गरिएको छ । उनलाई मधेश प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।
धादिङमा एसपी सुमित खड्कालाई खटाइएको छ । एसपी रिजाल गएको साउन २७ गते धादिङ सरुवा भएका थिए ।
पछिल्लो समयमा धादिङका प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीसँग एसपी रिजालको सम्बन्ध राम्रो थिएन । प्रजिअ र एसपीबीचको खटपटकै कारण गृहमन्त्रालयले एसपी रिजाललाई मधेश प्रदेशमा पठाएको छ ।
धादिङमा सरुवा भएका एसपी सुमित खड्का प्रहरी बृत्त दरबारमार्ग र गौशालामा हुँदा असुलीमा विवादमा परेका थिए । उनी पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भनसुनमा धादिङमा सरुवा भएको स्रोत बताउँछ ।
खड्का भट्टराई प्रधानमन्त्री हुँदा उनका पीएसओ थिए । वर्तमान सरकारमा डा. भट्टराईको सिफारिस अनुसार काम हुने गरेको दृष्टान्त एसपी खड्काको सरुवालाई लिन सकिन्छ ।















