२०८३ बैशाख १७ गते, बिहीबार ०९:३६

यौन अपराधमा पूर्वसांसदलाई कैद सजाय

काठमाडौं/कामको सिलसिलामा भेटेका दुई युवालाई यौन दुर्व्यवहार गरेको अपराधमा अस्ट्रेलियाका पूर्वराजनीतिज्ञ ग्यारेथ वार्डलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाइएको छ।

२०१३ र २०१५ मा भएका छुट्टाछुट्टै घटनाहरूमा एक युवकलाई बलात्कार गरेको र अर्कामाथि अश्लील कार्य गरेको आरोपमा निर्णायक मण्डलले दोषी ठहर गरेपछि ४४ वर्षीय वार्ड जुलाईदेखि प्रहरी हिरासतमा छन्। सजाय सुनाउँदै न्यायाधीशले भने,’ यस मुद्दामा कैद मुद्दामा बाहेक अरू कुनै सजाय उपयुक्त छैन।’

वार्डले सन् २०११ देखि न्यु साउथ वेल्सको तटीय शहर कियामाको प्रतिनिधित्व गर्दै आएका थिए। आरोप लागेपछि उनले सन् २०२१ मा मन्त्री पदबाट राजीनामा दिएका थिए। तर ,सांसदको रुपमा भने कायमै रहे। उनी सन् २०२३ मा पुन: निर्वाचित भए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM