२०८२ कार्तिक ६ गते, बिहीबार ०२:०९

अर्काको श्रीमतीसँग रंगेहात समातिएपछि ट्राफिक प्रहरीलाई रामधुलाई

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत सहायक हबल्दार हिरालाल दासलाई अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा रंगेहात स्थानीयले समातेका र कुटपिट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी निरीक्षक रजोस घिमिरेले बताए । सहायक हबल्दार दास ट्राफिक प्रहरी निरीक्षक घिमिरेका विश्वासका पात्र हुन् । सहायक हबल्दार दास सर्लाही आएको देखिनै पटक–पटक यस्तै झमेलामा परिरहेका छन् । उनको बचाउ गरे वा गरेनन्, कतै रकममा त लोभी छैनन् ट्राफिक प्रहरी निरीक्षक घिमिरे ? यो ट्राफिक प्रहरीकै प्रश्न हो ?

यो घटना सोमबार बिहान करिब ११ बजेको हो । सहायक हबल्दार हिरालाल दासलाई अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा उनको घरमा समातेपछि स्थानीयले हबल्दार दासको रामधुलाई भएको ट्राफिक स्रोत बताउँछन् । सहायक हबल्दार हिरालाल दासको उपचारको क्रममा नमूना अस्पतालमा टाउकोमा ४ ओटा टाका र निधारमा २ ओटा टाका लगाइएको छ ।

यो घटना पछि परस्त्रीलाई माइतीको जिम्मा लगाइएको र सहायक हबल्दार हिरालाल दासलाई उनको श्रीमतीको जिम्मा लगाएर पठाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत सहायक हबल्दार हिरालाल दासलाई कुटपिट हुँदा निरीक्षक घिमिरेले भने “उनीहरूकै घरको विषय हो” भन्दै पन्छिए ।

अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा फेला परी रामधुलाई भेटेका प्रहरी सहायक हबल्दार, जसले यसअघिपनि सोही विषय र सोही मानिससँग शंकास्पद गतिविधि भएको भन्दै रामधुलाई भेटेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM