२०८२ आश्विन २६ गते, आईतवार ०१:५०

पूर्व सांसद एकनाथ ढकालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं । विघटित संघीय संसद् अर्थात् प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले आफ्नो कार्यकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्।

पूर्व सांसद ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले बिहीबार राहदानी विभाग पुगेर ढकालको तर्फबाट उक्त राहदानी विभागका अधिकारीलाई बुझाएका हुन्।

गत भदौमा भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको दबावका कारण राष्ट्रपति रामचन्द्र पौडेलले संसद बिघटनपछि पदावधि सकिएपछि पनि कूटनीतिक राहदानी फिर्ता नगर्ने जनप्रतिनिधिहरूको सूचीमा धेरै नाम पर्ने अवस्थामा ढकालले स्वेच्छाले राहदानी फिर्ता गर्नु सकारात्मक उदाहरणको रूपमा लिइएको छ।

ढकालका नजिकका स्रोतका अनुसार उनले पदावधि पूरा भइसकेपछि सरकारी स्वामित्वका सम्पत्ति वा सुविधा वापतको वस्तु आफैंले फिर्ता गर्नुपर्ने नीतिगत मान्यतालाई आत्मसात् गर्दै यस्तो कदम चालेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM