२०८३ जेष्ठ ३ गते, आईतवार १५:१२

वीरगंज र रौतहटमा शव भेटियो

वीरगंज १९ असोज । वीरगंज र रौतहटमा दुईजनाको शव भेटिएको छ । वीरगंजको गहवामाई मन्दिर परिसरमा एकजना पुरूषको शव फेला परेको छ । मन्दिर परिसरमा फूल बेच्दै र भीख माग्दै आएका हरियर नामक व्यक्ति आज बिहान मन्दिर नजिकै मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको र घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैगरी रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिकाको वडा नम्बर ९ लक्ष्मिनियाँ टोलस्थित लालबकैया खोलाको ड्याममा आइतवार बिहान एक महिलाको शव फेला परेको छ । महिलाको शव टाउको नभएको र सडेको अवस्थामा शव भेटिएको मधेस प्रदेशका डिआइजी उमा चतुर्वेदीले जनाएको छ । शव ३५ वर्ष उमेर समूहकी महिलाको भएको र इलाका प्रहरी कार्यालय लक्ष्मिनियाले शवको निरीक्षण गरी आवश्यक प्रक्रिया पुरा गरी शवलाई खाल्टो खनेर गाडीएको जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM