२०८२ आश्विन २६ गते, आईतवार ०४:२३

यी चार डीआईजी परे बढुवा सिफारिशमा

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालयले आज आइतबार सूचना प्रकाशित गर्दै रिक्त रहेका चार एआईजी पदमा बढुवाका लागि चार डीआईजीहरूको नाम सिफारिस गरिएको जानकारी दिएको हो ।

जसअनुसार सुशीलकुमार राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर कुमार बिक रहेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM