२०८२ आश्विन २६ गते, आईतवार ०४:२३

वीरगंज दशैं मेलामा सुरक्षा फितलो ! चोर र पाकेटमार सक्रिय

धीरेन्द्र तिवारी/

वीरगंज, १२ असोज/

बडा दशैं शुरू भएसँगै वीरगंजस्थित गहवा माई मन्दिरलगायतका धार्मिक स्थलमा चहलपहल बढेसँगै चोर तथा पाकेटमारहरूको सक्रियता उच्चस्तरमा पुगेको छ।

विशेषगरी गहवा माईस्थान मन्दिर वरिपरि दर्शनार्थीको घुइँचो लाग्ने मेलामा भिखारी वा माग्नेको रुपमा भेष बदलेर सयौं पाकेटमार सक्रिय भएको स्थानीयवासी एवं दर्शनार्थीहरूले बताएका छन्। भिखारी, माग्ने एवं चोर तथा पैकेटमारहरूको संख्याले हजार नाघेको अनुमान गरिएको छ।

त्रासका बीच मेला भर्न आएका दर्शनार्थीहरू

“मेला परिसरमा नगर प्रहरीहरू उल्लेख्य संख्या देखिए तापनि उनीहरू मेला र भीड़ व्यवस्थापनमा सक्रिय देखिदिँदैनन्, नगर प्रहरीहरू गुट उपगुट बनाएर गफ गर्ने, भिडियो बनाउनेजस्ता गैर जिम्मेवारी काममा मात्र खटेको देखिएको र नगर प्रमुख आउँदा मात्र केहि समय नगर प्रमुखलाई सुरक्षा दिन व्यवस्थापन गरिएको देखिन्छ”- एक दर्शनार्थीले भने। उनीहरूकै गतिविधिले कतिपय अवस्थामा भीड अझै अनियन्त्रित बनेको भेटिएको छ।

यस्तो कमजोर व्यवस्थापनकै कारण मेलामा आएका दर्शनार्थीहरूलाई चोर, पाकेटमार र युवाहरुको अशोभनीय हर्कत (केटी जिस्क्याउने, धक्का दिने आदि) सहज भएको पीडितहरूले गुनासो गरेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय पर्साले मेलामासुरक्षा व्यवस्थाका लागि ११ सय भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । माईस्थान क्षेत्रमा प्रहरीको उपस्थिति न्यून देखिँदा पाकेटमारहरू नियन्त्रणमा आएको देखिँदैन। प्रहरी स्रोतका अनुसार मेलामा सादा पोषाकका प्रहरी समेत परिचालन गरिएको छ, तर भीडभाडको कारण सम्पूर्ण अपराध नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ।

स्थानीय व्यापारी तथा मन्दिर परिसरका पुराना भक्तजनहरूले दशैं मेलामा अपराधी गतिविधि नियन्त्रण गर्न प्रहरी मात्र नभई स्थानीय समाज र स्वयंसेवी संस्थाहरूले जिम्मेवारीपूर्वक खटिनुपर्ने आवश्यकता औंल्याएका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM