२०८३ बैशाख १७ गते, बिहीबार १८:२५

उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एआइजी कार्की

काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख ,प्रहरी अतिरिक्त महानिरिक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताएका छन् ।

आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए।

उनले भने,‘कतिपयले चाडवाडलाई उल्लासमय बनाउने भनेर आफ्नो जिउ,ज्यानको क्षति हुनेगरी मदिरा सेवन गरेर हिँडेको पनि पाइन्छ। नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएतापनि पनि पछिल्लो समयमा छन् भयंकर सेवन गर्ने,मनोरञ्जनको पयार्यवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाईको कारणले कयौँ होनाहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ।’

त्यस्तै उनले चाडपर्वको बेला पालना गर्नुपर्ने सबै किसिमका टाफिक नियमहरु पालना गर्न आग्रह गरे। दशैैँ लगायतका चाडपर्व शान्त रुपले पनि मनाउन सकिँदो रहेछ भन्ने सन्देश दिनेगरी संयमता अपनाउन सबैमा उनले अपिल गरे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM