२०८२ आश्विन २६ गते, आईतवार ०८:२२

सरकारले संविधान संशोधन गर्न सक्दैन, त्यसको विकल्प नै निर्वाचन हो :प्रम कार्की

काठमाडौं/ प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबाट मात्रै संविधान संशोधन गर्न सकिने बताएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा अभिव्यक्त सबै काम अन्तरिम सरकारले गर्न नसक्ने स्पष्ट पारेकी हुन्।

संविधान संशोधन गरेर शासकीय स्वरुपलगायतका विषयमा बहस चलिरहेका बेला प्रधानमन्त्री कार्कीले यो सरकारले संविधान संशोधन गर्न नसक्ने बताएकी हुन्।

‘आन्दोलनमा क्रममा उठाइएका कतिपय विषयहरू सरकारको भन्दा बाहिर भएकाले निर्वाचनमा सहभागी भएर संवैधानिक तरिकाले संशोधन गर्न आह्वन गर्दछु,’ उनले भनिन्, ‘अन्तरिम सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्दैन। त्यसका बाबजुद हामीले अधिकतम प्रयास गर्छौं।’

प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको मुख्य माग भ्रष्टाचार र सुशासन रहेको बताउँदै सरकार त्यसप्रति जिम्मेवार भएर लाग्ने बताइन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM