२०८३ बैशाख १७ गते, बिहीबार १९:४२

रवी लामिछानेसँगै नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका सञ्चालक सानेपाबाट पक्राउ

काठमाडौं/जेनजी आन्दोलनका क्रममा रवी लामिछानेसँगै नख्खु कारागारबाट फरार भएका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-६ घर भई काठमाडौंको सुकेधारा बस्ने ५० वर्षीय केदारनाथ शर्मा रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षका लागि कारागार कार्यालय, नख्खुमा राखिएको थियो। उनी भक्तपुरमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM