२०८३ बैशाख १७ गते, बिहीबार १९:४९

महिला आयोगमा घर झगड़ा, पाण्डेले गरिन आफैँलाई कार्यवाहक अध्यक्ष घोषणा

अंकित ध्वज खड्का

काठमाडौं, ८ असोज/

राष्ट्रिय महिला आयोगभित्र आन्तरिक विवाद चुलिँदै गएपछि सदस्य कृष्ण कुमारी पाण्डे खतिवडाले आफैँ कार्यवाहक अध्यक्ष भएको घोषणा गरेकी छन्। आयोगकी अध्यक्ष कमला पराजुली असोज ४ गतेदेखि अनुपस्थित रहेपछि पाण्डेले संवैधानिक व्यवस्था र वरिष्ठताको आधारमा आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी ग्रहण गरेको सार्वजनिक सूचना निकालेकी हुन्।

संविधानको धारा २५२ को उपधारा (६) मा अध्यक्ष अनुपस्थित भएमा वरिष्ठतम सदस्यले कार्यवाहक अध्यक्षको काम गर्ने प्रावधान रहेको उल्लेख गर्दै पाण्डेले आयोगकै लेटरहेडमा आधिकारिक पत्र जारी गरेकी छिन्। आयोगभित्र अध्यक्ष पराजुली निकट समूह र पाण्डे पक्षबीच लामो समयदेखि देखिएको वर्चश्व संघर्षलाई उक्त कदमले थप बल मिलाएको देखिन्छ।

पराजुली विदेश भ्रमणमा रहेकै अवस्थामा पाण्डेले गरेको यो घोषणा संस्थाभित्रै “घर झगडा”को संकेत भएको आयोग निकट स्रोतले बताएको छ। अब आयोगको आगामी निर्णय तथा गतिविधिमा दुई धारबीच टकराव बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM