काठमाडौं/ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आज बालुवाटार पुगेका थिए। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका बालेन र प्रधानमन्त्रीबीच लामो छलफल भएको छ।
बालेन बिहान ८ बजे बालुवाटार पुगेका थिए र साढे १० बजेतिर बाहिरिएका छन्। जेन-जि आन्दोलन र वर्तमान सरकार गठनमा निर्णायक भूमिका देखिएका मेयर साह र प्रधानमन्त्री कार्कीबीच के विषयमा छलफल भएको हो भन्नेबारे अहिलेसम्म खुलाइएको छैन।