२०८२ आश्विन २५ गते, शनिबार २२:४२

अनावश्यक विदेश भ्रमणमा रोक, टोली संख्या सीमा तोकियो

काठमाडौं । अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाउने र भ्रमण टोलीको संख्या सीमित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले चालु खर्च घटाउनका लागि सरकारी निकायहरूले अत्यावश्यक स्थिति बाहेक विदेश भ्रमण नगर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार सरकारले विभिन्न सरकारी निकायहरूको खर्च कटौती गर्दै विदेश भ्रमणको संख्या र टोलीको आकारलाई सीमित गर्ने निर्णय गरेको छ । अब अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा १० जना मात्रको टोली हुनेछ भने अन्य भ्रमणमा ३ जना भन्दा बढी सदस्य रहने छैनन् ।

यसैबीच, सरकारले स्वकीय सचिवालयका लागि विशेष कार्यकक्ष र भौतिक सुविधामा पनि कटौती गरेको छ । यसका साथै अनलाइन गोष्ठी र तालिमको प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

खर्च नियन्त्रण र अनावश्यक सरकारी गतिविधिहरूलाई सीमित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM