२०८३ जेष्ठ ३ गते, आईतवार २१:५३

स्रोत नखुलेको ८ लाखबढी नगदसहित एकजना पक्राउ

वीरगंज ७ असोज । सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाख सात हजारसहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ भन्सार नजिकबाट सशस्त्र प्रहरी बल नं.१३ गण पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त सुरक्षा दलले नगदसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्र.स.नि. सुजय कुमार सिंह र महमद मुस्ताक अलीको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नेरु १००० दरका नोट ५१५ वटा, नेरु ५०० दरका नोट ५७२ वटा, नेरु १०० दरका नोट ६० वटा गरी नेरु आठ लाख सात हजार रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पर्सा जिल्ला, सखुवापर्साैनी गाउँपालिका– ५ निवासी ४३ वर्षीय राजेश कुमार साह तेलीलाई पक्राउ गरेको छ । उनले नगदको वैध स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM