२०८२ आश्विन २६ गते, आईतवार १२:४३

भक्तपुरको गुन्डुमा सार्वजनिक भए एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् ।

भक्तपुरको गुन्डुस्थित निवासमा नेता-कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता-कार्यकर्ता भेटघाटका लागि पुगेका छन् ।

भेटघाटमा पुगेकाहरूले केपी ओलीसँग फोटो खिचाएर फर्किएका छन् । सार्वजनिक भए पनि ओलीले त्यसक्रममा कुनै प्रतिक्रिया दिएनन् ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM