२०८३ बैशाख १७ गते, बिहीबार २२:५९

एक खुट्टाले नाचेर परिचित बनेकी गायिका सीता सुवेदीको निधन

काठमाडौं। एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन भएको छ।

तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ।

चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन्।

उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन्। उनकी एक छोरी छिन्। अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM