२०८३ जेष्ठ ४ गते, सोमबार ००:२६

‘जयश्री हारति मां’ : दाफा परम्परामा आधारित नेपालकै पहिलो सांगीतिक भिडियो प्रदर्शनी हुँदै

अंकित ध्वज खड्का

काठमाडौँ ।

नेपाल भाषाको सांगीतिक क्षेत्रमा परम्परागत सांगीतिक धरोहर दाफालाई आधार मानेर तयार गरिएको ‘जयश्री हारति मां’ दाफा लिरिकल भिडियो प्रदर्शनी हुने भएको छ।

घिङताङ दाफा समाज, नेपालको प्रकाशनमा बनेको यस भिडियोको सुटिङ सकिएको छ भने अन्तिम चरणको सम्पादन कार्य तीव्र गतिमा भइरहेको समाजकी अध्यक्ष शारदा डंगोलले जानकारी दिनुभयो।

४५ मिनेट लामो यस लिरिकल भिडियोको निर्माण तथा परिकल्पना शारदा डंगोलले गर्नुभएको हो। निर्देशन दर्शन वीर शाक्यले गर्नुभएको यस प्रस्तुतिलाई पूर्णतया दाफा गीतमै आधारित गरी तयार गरिएको छ।

‘जयश्री हारति मां’ मा हारति अजिमाको भूमिकामा प्रेमा शाक्य देखिनेछन्। साथै, हास्य सम्राट मदनकृष्ण श्रेष्ठसहित सुजन बज्राचार्य, रोजिना सुवाल, सुजिना शाही, किशोर चिपालु, रबिना तुलाधर, नविन थेच्वमि, बिपश्यना शाक्य, देशना शाक्य, सुजना बज्राचार्य, सिताराम माकः, जीवन त्वाति, उजय शाही र विक्रम खड्गी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

दिपेन्द्र बज्राचार्य र शारदा डंगोलको परिकल्पनामा बनेको यस भिडियोमा छायांकन तथा सम्पादन मनोज रत्न शाहीले गर्नुभएको छ भने पृष्ठभूमि संगीत विनय महर्जनको रहेको छ।

नेपालमा दाफा संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा यसको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको यो भिडियो नेपालकै पहिलो दाफा रेकर्डमा आधारित सांगीतिक प्रस्तुति हो। दाफा भनेको परम्परागत रूपमा सिर्जना हुँदै आएको शास्त्रीय राग, बाजाको ताल र धार्मिक शब्दहरूको संयोजन हो, जसमा खिं, ताः, झ्याली र पोङ्गा जस्ता बाजाको प्रयोग हुँदै समूहमा बसेर पालैपालो भजन गाइन्छ।

निर्माता शारदा डंगोलका अनुसार यस लिरिकल भिडियोले दर्शकलाई दाफा संस्कृतिको गहिरो परिचय मात्र दिने होइन, सांगीतिक रूपमा पनि एक नवीन अनुभव दिलाउनेछ। उहाँले भन्नुभयो, “दाफा परम्परा नेपालको मौलिक सांस्कृतिक सम्पदा हो। यसलाई यसरी भिडियोमार्फत पुस्तान्तरण गर्नु हाम्रो प्रमुख उद्देश्य हो।”

नेपालको मौलिक संस्कृतिको संरक्षण र प्रसारमा योगदान गर्ने विश्वासका साथ तयार गरिएको ‘जयश्री हारति मां’ दाफा लिरिकल भिडियो असोज ९ गते रञ्जना हल, न्यूरोड मा प्रदर्शन हुनेछ भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM