२०८३ जेष्ठ ४ गते, सोमबार ०४:१४

पर्सा जिल्लामा निषेधाज्ञा र कफर्यू आदेश

वीरगंज, २६ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहीवार बसेको सुरक्षा समितिको बैठकको निर्णय अनुसार कफ्र्यु आंशिक रूपमा खुकुलो बनाइएको जनाएका छन् । जिप्रका, पर्साले जारी गरेको सूचना अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा रहनेछ भने बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु लागु हुनेछ । निषेधाज्ञा दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म र अपराह्न ५ बजेदेखि साँझ ७ बजेसम्म लागू हुनेछ । निषेधाज्ञा र कफ्र्यु पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट सम्म लागू हुने सिडिओ सुवेदीले जानकारी दिएका छन। कफ्र्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू — एम्बुलेन्स, दमकल, शववाहन, फोहोर व्यवस्थापन सवारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी, नेपाल विद्युत प्राधिकरण, खानेपानी, दूध बोक्ने सवारी तथा हवाई टिकटका आधारमा हवाई यात्रीलाई आवतजावत गर्न अनुमति दिइनेछ। त्यसैगरी, निषेधाज्ञा अवधिमा दैनिक उपभोग्य वस्तु किनबेच र सामान्य आवतजावत गर्न पाइने भए पनि पाँच जना वा सोभन्दा बढी भेला, सभा, जुलुस, धर्ना वा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ। यसैबीच, अर्काे विज्ञप्ति जारी गर्दै सिडिओ सुवेदीले जेन(जी) आन्दोलनका क्रममा पर्सा जिल्ला लगायत मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन। उनले शान्ति र संयम कायम गर्न सबैलाई अपिल गर्दै थप क्षति रोक्न सबै नागरिकलाई सहयोग गर्न आग्रह गरे। सुवेदीले जिल्ला सुरक्षा समितिले जिल्लामा शान्ति, सुरक्षा र अमनचैन कायम गर्न कटिबद्ध रहेको जनाउँदै, प्रचलित कानुन विपरीत हुने कुनै पनि अराजक वा गैरकानूनी गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गरिने चेतावनी पनि दिए।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM