२०८३ जेष्ठ ४ गते, सोमबार ०५:०३

सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

काठमाडौँ, २४ भदौ : प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभएको छ ।
उहाँले आज भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्ति सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम गर्नुपर्ने साझा दायित्वमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।
प्रधान सेनापति सिग्देलले वर्तमान असहज परिस्थितिलाई सामन्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा एवं नागरिकको सम्पत्ति, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
उहाँले नेपालको इतिहासदेखि नै मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना कतिबद्ध रहँदै आएको स्मरण गराउनुभएको छ । नेपालमा हाल भइरहेको आन्दोलनका क्रममा हुन पुगेको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति सहानुभूति प्रकट गर्नुभएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM