२०८३ जेष्ठ ४ गते, सोमबार ०६:००

वीरगंज तनावग्रस्त, ठाउँ–ठाउँमा झडप, गोली चल्यो

वीरगंज, २४ भदौ । वीरगंजको घण्टाघर चोकको पश्चिममा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकीमा युवाहरूको समूहले आगजनी गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। प्रहरी चौकीमा प्रदर्शनकारीहरूले पेट्रोल बम प्रहार गरी आगजनी गर्ने प्रयास गरेपछि प्रहरी र चौकीले एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिए । वीरगंजका विभिन्न स्थानमा युवाहरूले प्रदर्शन गरिरहेको र केही स्थानमा आगजनी गर्ने प्रयास भएको समेत उनले बताए । यसैगरी प्रदर्शनकारीहरूले वीरगंज–२४ रामगढमा अवस्थित नेकपा एमाले पार्टीको कार्यालयमा समेत आगजनी गरेको छ । उहाँका अनुसार शान्ति–सुरक्षाको स्थिति कायम गर्न वीरगंजको मुख्य सडकदेखि भित्री गल्लीसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ। “जेनेरेसन–जेड पुस्ताको आन्दोलन” मा सहभागी भएका प्रदर्शनकारी युवाहरू र प्रहरीबीच वीरगंजका विभिन्न स्थानमा दोहोरो ढुङ्गा हानाहान भएको बताइएको छ। वीरगंजको सुरक्षा स्थिति बिग्रँदै गएकाले यहाँ सञ्चालित सबै शैक्षिक संस्था बन्द गरिएको छ। केही प्रदर्शनकारी सामान्य घाइते भएका छन।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM