Wednesday, November 27, 2024
घरसमाचारपर्सामा काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित समितिहरु गठन

पर्सामा काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित समितिहरु गठन

वीरगंज, २७ चैत्र/
आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस पर्साले ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ र बिभिन्न उपसमितिहरु गठन गरेको छ । काँग्रेस पर्सा जिल्ला समितिको बैठकबाट स्थानीय तह निर्वाचन केन्द्रित समितिहरु गठन गर्ने क्रममा कारवाहीको अधिकारसहितको अनुशासन समिति पनि गठन भएको छ ।

काँग्रेसको पर्सा जिल्ला समितिका सभापित जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उहाँकै संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ गठन गरेको हो ।

समितिमा केन्द्रीय सदस्यहरु, साँसद तथा साँसदका उम्मेदवारहरु, पुर्व जिल्ला सभापतिहरु, जिल्ला समितिका पदाधिकारीहरु, केन्द्र तथा प्रदेशका महाधिवेशन प्रतिनिधि, क्षेत्री समितिका सभापतिहरु, प्रदेशसभा क्षेत्रका सभापतिहरु, महानगपलिका, नगरपालिका तथा गाउँपालिकाका सभापतिहरु र भातृ संगठन तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुसमेत रहेका छन् ।

त्यस्तै पार्टीका जिल्ला प्रवक्ता रमेश पाण्डेयको संयोजकत्वमा नेताहरु चन्द्रिका केशरवानी र प्रेमचन्द्र प्रसाद कोइरी सदस्य रहने गरी ३ सदस्यीय अनुसाशन उप समिति गठन गरिएको छ । निर्वाचनको समयमा पार्टी आबद्ध कोहीले नेपाली काँग्रेस अनि पार्टीका उम्मेदवारलाई असर पर्ने गतिबिधि र अनुशासन बिपरितका आचरण गरेमा कारवाही अधिकारसहित बिधान अनुसार अनुसाशन उप समिति गठन भएको काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए ।

बैठकले उपसभापति कुर्मीको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचारप्रसार उप समिति, जिल्ला सचिव इम्तियाज आलमको संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन उप समिति र शशीलता गिरीको संयोजकत्वमा महिला परिचालन उपसमिति गठन गरेको जिल्ला सचिव दिनेश चौधरीले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -