२०८३ बैशाख ४ गते, शुक्रबार ०८:०६

अमेरिकाको दक्षिण डकोटामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट दीपेन्द्र चौहानको सहभागिता

ब्रुकिङ्स, दक्षिण डकोटा । स्थानीय समाचारपत्रहरू—जुन हाम्रो समुदायको आवाज, पहिचान र आवश्यकताको प्रतिबिम्ब हुन्—तिनको भविष्य, चुनौती र नवप्रवर्तनमाथि केन्द्रित अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन (International Society of Weekly Newspaper Editors – ISWNE) अमेरिकाको दक्षिण डकोटास्थित साउथ डकोटा स्टेट युनिभर्सिटी (SDSU) मा यही असार २५ गतेदेखि सुरु भएको छ।

विश्वका अनुभवी सम्पादकहरूको साझा मञ्च बनेको यस सम्मेलनमा नेपालबाट वरिष्ठ पत्रकार दीपेन्द्र चौहान जन समीक्षा साप्ताहिकका अतिथि सम्पादकको हैसियतमा एकमात्र नेपाली प्रतिनिधिका रूपमा सहभागी भएका छन्।

नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा विश्व पत्रकार महासंघका संयुक्त सचिव रहेका चौहान सम्मेलनमा सहभागी भएका नेपालका एकमात्र प्रतिनिधि हुन्। सन् १९५५ मा स्थापना भएको ISWNE को उद्देश्य सम्पादकीय लेखनमा उच्च मापदण्ड प्रवर्द्धन गर्नु, विचार आदान–प्रदानको अवसर सृजना गर्नु तथा सम्पूर्ण राष्ट्रमा प्रेस स्वतन्त्रताको प्रवर्द्धन गर्नु हो। अमेरिका, क्यानडा, बेलायत, आयरल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, दक्षिण अफ्रिका र नेपाललगायतका मुलुकहरूबाट ISWNE मा सदस्यता रहेको छ।

सम्मेलनको औपचारिक उद्घाटन SDSU का अध्यक्ष ब्यारी डन, पत्रकारिता तथा सञ्चार विभागका निर्देशक जोशुवा वेस्टविक, तथा साउथ डकोटा न्यूज मिडिया एसोसिएसन (SDNA) का मोली म्याकरोबर्ट्स र डेविड बोर्डेविकले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन समारोहपश्चात “South Dakota’s Changing Journalism Landscape” विषयक प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा अमेरिकी ग्रामीण पत्रपत्रिकाको बदलिंदो स्वरूप, स्थानीय समुदायको भूमिका, र डिजिटल युगमा साप्ताहिक पत्रिकाहरूको सन्दर्भमा चुनौती र सम्भावनाहरूबारे व्यापक बहस भएको थियो।

त्यसैगरी SDSU कलेजियन नामक विद्यार्थी–समाचारपत्रले आफ्ना पाठकसँगको सम्बन्ध विस्तार, डिजिटल माध्यममा उपस्थितिका रणनीति र युवाहरूलाई पत्रकारितामा आकर्षित गर्ने उपायबारे आफ्नो अनुभव प्रस्तुत गरेको थियो।

वरिष्ठ पत्रकार चौहानले सम्मेलनमा सहभागितालाई नेपालजस्तो मुलुकका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै भने, “विश्वभरका पत्रकारहरूसँग प्रत्यक्ष संवाद, अनुभव आदान–प्रदान र चुनौतीका बीच पत्रकारिता कसरी अगाडि बढिरहेको छ भन्ने बुझ्न यो सम्मेलन निकै उपयोगी छ।” उनले नेपालको ग्रामीण पत्रकारिताका सवाल र समकालीन अवस्था विश्वसामु राख्ने अवसर पाएकोमा सन्तोष व्यक्त गरे।

असार २९ सम्म चल्ने सम्मेलनमा विश्वका विभिन्न देशबाट साप्ताहिक पत्रिकामा आबद्ध सम्पादक र पत्रकारहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM