२०८३ बैशाख ६ गते, आईतवार १५:३७

एक करोड़ नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २४ असार /

काठमाडौंको बौद्ध क्षेत्रबाट स्रोत खुल्न नसकेको ठूलो मात्राको नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति वाङ जिएन रहेको प्रहरीले पुष्टि गरेको छ।

प्राप्त जानकारीअनुसार, काठमाडौं महानगरपालिका–६ स्थित नयाँ बस्ती क्षेत्रको एक घरमा कोठा भाडामा लिएर बसिरहेका वाङ जिएनको कोठामा शंकास्पद आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मारेको थियो। त्यस क्रममा प्रहरीले करिब १ करोड ४४ लाख रुपैयाँ नगद बरामद गरेको छ।

हाल पक्राउ परेका वाङ जिएनलाई प्रहरीले नियन्त्रणमा लिएर नगदको स्रोत र कारोबारी प्रयोजनबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM