२०८३ जेष्ठ ५ गते, मंगलवार १६:५५

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । असार ६ गते १ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट भारतबाट नेपाल आउँदै गरेका भारत विहार जिल्ला मोतीहारी थाना रक्सौल वडा नं.१७ बस्ने वर्ष ५० को प्रभु साहलाई प्रहरी चौकी ईनर्वाले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको तीन लाख ४६ हजार रकमसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । साइकलमा वीरगंज आउदै गरेका साहले भिरेको ब्यागभित्रबाट नेरू. ३ लाख ४६ हजार फेला परेको र सोको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका साहविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोवार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM