वीरगंज, १३ चैत्र/
मधेश आन्दोलनको जगमा खड़ा भएको तत्कालिन मधेशी जनाधिकार फोरम नेपालको टिकट किनेर वीरगंज महानगरपालिकाको मेयर बनेका विजय कुमार सरावगी आफ्नै मुखारबिन्दुबाट व्यक्त गरेको बोलीले उनलाई “जिल्लाजीत लवरा” प्रमाणित गरिदिएको छ ।
अहिले विभिन्न मीडियामा अन्तर्वार्ता दिंदै आफूले दुई-दुई पटक पार्टीबाट राजीनामा दिएको बताउँदै जसपामा बस्नु पर्ने वातावरण नभएको भन्दै आफूलाई ओलीले फकाई हाले भन्दै रातोपाटी अनलाइनलाई अन्तर्वार्ता दिएका छन् ।
मेयर सरावगीको राजीनामा सन्दर्भमा समाचार लेख्ने पत्रकारहरूलाई त्यासबखत उनले लबरा र फटाहा पत्रकारहरूले झुठो अफवाह फैलाएको विभिन्न मीडियामा अन्तर्वार्ता दिएका थिए ।
तत्कालिन समयमा मेयर सरावगीले उज्यालो ऑनलाइनमार्फ़त राजिनमाको क़ुरा सार्वजनिक गर्नेहरूलाई फटाहा र बदमास भन्दै दिएको अन्तर्वार्ता हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस्…!
फटाहा बदमासहरुले हुँदै नभएको राजीनामाको हल्ला फैलाए : मेयर सरवागी
आज रातोपाटी अनलाइनमा तत्कालीन समयमा दुई पटक राजीनामा दिएको अन्तर्वार्ता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:
मैले त्यतिखेर दुई चोटी राजिनमा दिएको हुँ: सरावगी