चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १२ चैत्र/
बिक्री वितरणका लागि नेपालबाट भारत तर्फ लैंजाँदै गरेको अवस्थामा प्रहरीले पर्साबाट दुई वटा हात्तीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय, पोखरीया, पर्साले विशेष सूचनाको आधारमा शनिवार मध्यान्ह १२ बजेको समयमा पर्साको पकहामैनपुर गाउँ पालिका वडा नं. ०५ पोखरिया टोलबाट चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १८ जितपुर बस्ने माउते द्वय बिकवा महतोको छोरा अंदाजी वर्ष ६० को बुदिराम महतो र डमर बहादुर कुमालको छोरा अंदाजी वर्ष ४० को राजु कुमाल तथा बिक्री गर्ने पर्साको पकहामैनपुर गाउँ पालिका वडा नं. ०५ सबैठवा बस्ने अफताब आलम हुसेनको छोरा अंदाजी बर्ष ३५ को सफरोज आलमलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रमा लिइएको हात्ती तथा मानिसहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।
निकुञ्जबाट हराएका हात्तीहरू यसरी नै खुल्ला नाकाको फाइदा उठाई भारत तर्फ नै लगेर बेचिएको त होईन ?