गोली लागि घाइते भएकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते विष्टको अहिले शल्यक्रियाको तयारी भइरहेको छ ।
घटनाको प्राम्भिक अनुसन्धानबाट भारतीय मुलको जस्तो देखिने व्यक्तिले गोली प्रहार गरी फरार भएको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
















