सामाजिक सदभाव बिथोलेको आरोपमा प्रहरीले पक्राउ गरेका शेख खुर्सेद, सलाउदिन मियाँँ ठकुराई, रवि सरार्फ, बलजित सिंहलाई थप ६ दिन अनुसन्धानका लागि न्यायीक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी गराएका छन् ।
बुधवार पर्सा जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राख्न ६ दिनको म्याद थप गरेको उनले जानकारी गराए । यसैगरी पर्सा प्रहरीले बुधवार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शकिल मियाँँ रहेको प्रहरीले जनाएको छ । सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताएका छन् ।
पक्राउ परेको दुईजनालाई राज्य विरूद्धको कसुर सम्बन्धी मुद्दा र बाँकी दुर्ई जनालाई आपराधिक उपद्रो सम्बन्धी मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।
















