२०८३ असार १८ गते, बिहीबार २१:५७

वैशाखदेखि नियमित हवाइ सेवा सञ्चालनको तयारी गुल्मी

काठमाडौं। गुल्मीस्थित रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे सकिएको छ। सो विमानस्थलबाट आगामी वैशाखदेखि नियमित हवाइ सेवा सञ्चालनको तयारी भएको हो।

रेसुङ्गा नगरपालिका–१० सिमीचौरस्थित रेसुङ्गा विमानस्थलको अन्तिम चरणका काम तीव्र रुपमा अघि बढेका छन्। टर्मिनल भवन रङ्ग रोगन सहितको काम १५ दिनभित्र सकिने निर्माण व्यवसायीले बताए।

विमानस्थल निर्माणको कामको मंगलबार पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर–१ का सांसद प्रदीप ज्ञवालीले निरीक्षण गरेका छन्। उनले नियमित उडानका लागि नागरिक उड्डयन प्राधिकरण र निजी विमान सेवा कम्पनीसँग छलफल गरिरहेको जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM