Tuesday, November 26, 2024
घरसमाचारनगरसभागृह भित्रको ५०औं वर्ष पुरानो रुख काटियो

नगरसभागृह भित्रको ५०औं वर्ष पुरानो रुख काटियो

वीरगंज ।
वीरगंज नगरसभागृह भित्रको ५०औं वर्ष पुरानो रुख काटिएको छ ।

नगर भित्रको सार्वजनिक पोखरी स्विमिंग पुल, नगर सभागृहजस्ता सार्वजनिक स्थलहरू जननिर्वाचित  प्रतिनिधिहरू आउनु भन्दा अगाड़ी नै कर्मचारीहरूको मिलोमतोमा ठेक्का लगाइएको थियो ।
यसै क्रममा नगर सभागृह नेपाली काँग्रेस वीरगंजको नगर सभापति भोला साह कलवारले आफ्नो श्रीमतिको नाउँमा ठेक्का लिएका थिए । वीरगंज महानगरको अनुमति बेगर कैयौं संरचनाहरू तोड़फोड़ र निर्माण गरिएको छ ।

यसै क्रममा रक्सी खाने बार बनाउनको लागि नगर सभागृहको मुख्य गेटको बायाँपट्टी रहेको पुरानो रुख बिना अनुमति काटिएको छ ।

यस सन्दर्भमा नगर प्रमुख विजय सरावगीसँग बुझ्दा उहाँले आफू काठमाण्डौ रहेको र यसबारे वीरगंज महानगरका हाकिमसँग बुझ्न आग्रह गरे । यसैगरी वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डेसँग बुझ्दा उहाँले आफूलाई पनि जानकारी नभएको बताउनु भयो ।

त्यस लगत्तै भोला साह कलवारले चन्द्रसूर्य वाणीका सम्पादक सन्तोष मिश्रको मोबाइलमा फोन गरि मेरो टाउन हलमा तीसौं वटा विरूवा रोपें त्यो देख्नु भएन तर एउटा काम नलाग्ने रुख कटदा हल्ला गर्ने ? भन्ने प्रतिक्रिया दिनु भयो ।

त्यसपछि प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डेलाई फोन गरि तपाईं नेपाल सरकारको तलब खानु हुन्छ की ठेकेदारको ? भनि प्रश्न गर्दा उनले फोन काटिदिए ।

सरकारी वा सार्वजनिक स्थानमा भएको रुख हटाउनु परेमा २०७१ सालमा मापदण्ड निर्धारण र जाँचबुझ समिति छ । जसमा जिल्ला प्रशासन कार्यालय, मलपोत, नापी, कोलेनिका र डिभिजन वन कार्यालयको संयुक्त समितिमा स्वीकृतिको लागि निवेदन दिनु पर्ने र सो समितिले अनुमति दिएपछि मात्र सार्वजनिक स्थानमा भएका रुख काट्न पाउनु पर्ने प्रावधान छ ।

तर यदि कसैले स्वीकृति बेगर सार्वजनिक स्थलको रुख काटेको छ भने सजायको भागीदार हुने व्यवस्था रहेको डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँले बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -