२०८२ माघ १२ गते, सोमबार ०५:०१

एनएसएलमा श्रम स्वीकृति विनै विदेशी खेलाडीको गोल!

काठमाडौं । नेपालको एक मात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो दिनमै विवाद देखिएको छ ।

तेस्रो संस्करणको तेस्रो खेलमा एफसी चितवन र पोखरा थण्डर्सबीच साँझ ६ बजे खेल हुने तय थियो । तर खेल निर्धारित समय भन्दा १८ मिनेट ढिला सुरु भयो ।

खेलअघि नै चितवनले श्रम स्वीकृति नभएका पाँच विदेशी खेलाडीलाई पहिलो रोजाईँमा खेलाउन खोजेपछि विवाद सुरु भएको थियो ।

प्राय फुटबलमा एक घण्टा अघि नै टिम लाइन अफ वितरण गरिन्छ । तर सोमबार एनएसएलमा साँझ ६ बजिसक्दा पनि न खेलाडीहरु टनलेबाट मैदानमा निस्केका थिए न त आयोजकले नै अफिसियल लाइन अप सार्वजनिक गरेको थियो ।

त्यसको कारण टिमले श्रम स्वीकृति विनै विदेशी खेलाडी खेलाउन खोजेपछि खेल ढिला सुरु भयो ।

चितवनले श्रम स्वीकृति विनै पाँच विदेशी खेलाडी नै पहिलो रोजाईमा मैदान उतार्‍यो । दोस्रो हाफमा पोखराले पनि श्रम स्वीकृति नभएको र वार्म अफ नै नगरेको स्टेफेन विनोङ समिरलाई मैदान उतार्‍यो । उज्वेकिस्तानमा नोदिरले गोल गर्दै चितवनलाई अग्रता दिलाए । निरज चौधरीले इन्जुरी टाइममा गोल थप्दै चितवनको जित पक्का गरे । चितवनले पोखरासँग यसअघि दुई संस्करणमा व्यहोरेको हारको बदला लिँदै ३ अँकका साथ लिग सुरु गर्‍यो ।

सरसर्ती हेर्दा सोमबारको खेलमा बाहिरबाट देखिएको कुरा यति नै हो ।

तर कुरा यतिमै सकिँदैन । जापानदेखि ब्राजिलसम्म फ्रान्सदेखि इंग्ल्याण्डसम्म, विभिन्न देशका राष्ट्रिय टिमदेखि युरोपको प्रतिष्ठित क्लब फुटबल र युरोपियन लिग खेलेका खेलाडीहरु समेत अनुबन्ध गरेर एनएसएललाई उत्कृष्ट बनाउन खोजेपनि सुरुकै गासमा ढुंगा भनेजस्तो देखिएको छ ।

चितवनका विदेशी खेलाडीको श्रम स्वीकृति नभएपछि पोखराले खेलअघि नै प्रोटेष्ट हाल्ने तयारी गरेको थियो । तर आयोजककै व्यवस्थापनबाट टिमकै ड्रेसिङ रुममा आएर दबाब दिएपछि आफूहरुले खेल खेलेको पोखराका प्रशिक्षक सुमन श्रेष्ठले बताए । उनले कसैको नाम खोल्न चाहेनन् । नियम बनाएपछि नियम अनुसार हुनुपर्ने बताए । ‘यो फुटबलको लागि राम्रो होइन ।’ श्रेष्ठले भने । उनले प्रोटेष्ट हाल्ने व्यवस्था नै नभएको र प्रोटेष्ट पनि नलाग्ने कुरा आएको बताए । त्यसैले दोस्रो हाफमा आफूहरुले स्टेफेन विनोङलाई खेलाएको बताए ।

‘भिजा र श्रम स्वीकृति चाहिन्छ भन्ने सुनेको हो । चितवनले पाँच जना खेलाए । हामीले सबमा नन प्लेइङमा राखेका थियौँ । प्रोटेष्ट लगाउँदा हुदैन भनेपछि रुल नै लाग्दैन भनेपछि हामीले दोस्रो हाफमा खेलायौँ ।’

उता चितवनका प्रशिक्षक नविन न्यौपानेले कागजी प्रक्रिया सबै पुरा भएको टिम व्यवस्थापनले जनाएको बताए । ‘सबै प्रकृया पूरा भइसकेको भनेर भन्नुभयो । आज इदको विदा भएकोले कागज आउन मात्र बाँकी भन्ने कुरा आयो । मैले त प्लान बी नै सोचिसकेको थिएँ ।’ न्यौपानेले भने ।

खेल ढिला सुरु हुँदा असर

काजगी प्रकृयाको विवादले खेल ढिला सुरु हुँदा टिमको प्रदर्शनमै असर परेको पोखराका प्रशिक्षक सुमन श्रेष्ठले भने ।‘जे नहुनुपर्ने थियो त्यो सुरुमै भयो । जसले गर्दा मानसिक रुपमा असर गर्‍यो । त्यसैको प्रभाव खेलमा पनि पर्‍यो ।’ श्रेष्ठले भने, ‘खेल्नुभन्दा अघि नै हामी मानसिक रुपमा कमजोर भइसकेका थियौँ ।’ श्रेष्ठले भने ।

उनले यो पहिलो खेल भएको र आफूहरुको पनि कही कमजोरी भएकोले अब आउने खेलमा राम्रो प्रदर्शन गर्ने बताए । ‘दोस्रो हाफमा हामीले अवसर पनि पाएको थियौँ । तर गोल भएन ।’

यस्तै चितवनका प्रशिक्षक नविन न्यौपानेले वार्म अफ पछि मैदान जाने बेला खेलमा ढिलाई हुँदा असर पुगेको बताए ।

सन् २०२१ मा सुरु भएको एनएसएलको अहिले तेस्रो संस्करण चलिरहेको छ । पछिल्लो समय ए डिभिजन लिग हुन नसक्दा एनएसएल नै दोस्रो पटक आयोजना भइसकेको छ । एनएसएल हुनु फुटबल खेल र खेलाडीको लागि राम्रो हो । तर ‘ब्युटिफुल गेम’ मानिने फुटबल खेलको प्रतियोगिताको सुरुमै श्रम स्वीकृति जस्ता विषयमा प्रश्न उठ्नै पक्कै राम्रो होइन ।

मोफसलका गोल्डकपहरु श्रम स्वीकृति विनै विदेशी खेलाडी खेलाउनु सामान्य जस्तै बनेको छ । तर नेपाली फुटबलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको एनएसएलमै यस्तो अवस्था आउनु दु:खद विषय हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM