२०८२ फाल्गुन २ गते, शनिबार १८:५८

शिवशंकर हत्या प्रकरण : श्रीमतीकै भूमिका शंकास्पद

१३ चैत, काठमाडौं । धनुषाका शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनकी श्रीमती सिर्जना विगत तीन दिनदेखि प्रहरी हिरासतमा छिन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा डीएसपी सन्तुलाल जयसवारका अनुसार उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढेको छ । पक्राउ परेकी श्रीमतीको बयानसमेत शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।

‘उनको बयान निकै शंकास्पद छन् । आफैंले भनेका कुराहरू मिलेका छैनन् । उनले इन्कार गरे पनि अहिलेसम्मको सबुद प्रमाणले श्रीमती सिर्जनाकै योजनामा श्रीमान् शिवशंकरको हत्या भएको देखिन्छ,’ महोत्तरी प्रहरीका एक अनुसन्धान अधिकृतले भने ।

शिवशंकरको हत्या भएलगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले सिर्जनालाई पक्राउ गरेको थियो । शिवशंकरको परिवारको भनाइअनुसार श्रीमतीको शंकास्पद भूमिका देखिएको भन्दै उनलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको थियो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकरको हत्या भएपछि प्रहरीले श्रीमतीलाई समेत आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो । श्रीमतीकै भूमिका शंकास्पद देखिएपछि प्रहरीले म्याद लिएर उनीमाथि अनुसन्धान गरिहेको छ ।

शुक्रबार साँझ ५:३० बजेतिर शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनको रेल्वे ट्र्याकबाट करिब १ सय मिटर दक्षिणतर्फ फेला परेको थियो ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा गर्धनमा धारिलो हतियार प्रहार गरिएको हो । हत्यापछि घिसारेर केही पर लैजान खोजेको जस्तो देखिएको थियो । शवको आइतबार सनाखत गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको थियो ।

प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । ससुराली जान भनेर निस्केका शिवशंकर भोलिपल्ट मृत भेटिएका थिए ।

पूर्वयोजनाअनुसार उनको हत्या भएको पाइएको डीएसपी जयसवारको भनाइ छ । ‘पूर्वयोजनाअनुसार नै हत्या भएको देखिएको छ । हत्या लगत्तै उनीहरू फरार भएको देखिन्छ,’ उनले भने ।

हत्यामा चार जनाको प्रयोग

शिवशंकरको हत्यापछि उनका परिवारले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएका छन् । जाहेरीमा उनीहरूले कसैको पनि नाम उल्लेख नगरेको डीएसपी जयसवारले बताए ।

परिवारले व्यक्ति तोकेर किटानी जाहेरी नदिए पनि प्रहरी अनुसन्धानका क्रममा अहिलेसम्म शिवशंकरको हत्यामा चार जनाको प्रयोग भएको पाइएको छ । डीएसपी जयसवारले पनि अहिलेसम्म चार जनाको प्रयोगमा हत्या भएको पाइएको बताए ।

तीमध्ये उनकी श्रीमती पक्राउ परेकी छिन् । बाँकी तीन जना फरार छन् । फरार हुनेहरूको पहिचान भएको बताए पनि प्रहरीले केही खुलाएको छैन ।

हत्या गरिएका शिवशंकर करिब डेढ महिनाअघि मात्रै मुम्बईबाट धनुषा आएका थिए । घर आएदेखि नै शिवशंकर र उनकी श्रीमतीबीच विवाद हुन थालेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार फरार हुनेहरू पनि शिवशंकरकै श्रीमती सिर्जनाको आफन्त रहेको प्रहरीको भनाइ छ । आफन्तकै प्रयोग गरेर श्रीमतीको योजनामा हत्या भएको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

‘हत्या आरोपित पहिचान भइसकेका छन् । श्रीमतीकै आफन्त नाता पर्नेबाट हत्या भएको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘हत्यामा जम्मा चार जनाको संलग्नता देखिन्छ ।’

श्रीमतीकै योजनामा हत्या हुनुको कारणबारे प्रहरीले केही पनि बताएको छैन । यद्यपि, शिवशंकरको परिवारले भने उनीहरूबीच पटकपटक विवाद हुँदै आएको र त्यही रिसइबीमा हत्या गरेको हुनसक्ने मृतकका भाइ रामको भनाइ छ ।

ससुरा बिते भन्दै लगिएको थियो ससुराली

हत्या गरिएका शिवशंकर करिब डेढ महिनाअघि मात्रै मुम्बईबाट धनुषा आएका थिए । धनुषा घर आएदेखि नै शिवशंकर र उनकी श्रीमतीबीच विवाद हुन थालेको थियो ।

घरायसी विषय र मदिरा सेवनका कारण उनीहरूबीच पटकपटक विवाद हुने गरेको देखिएको प्रहरीको भनाइ छ । यही रिसइबी र कुनै विवाहेत्तर प्रेम सम्बन्धका कारण हत्या भएको हुनसक्ने आकलन गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिले यही दुई कोणबाट अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाको भनाइ छ ।

मृतकका भाइ राम महतोका अनुसार दाइ शिवशंकर, भाउजु र १० महिने छोरा ससुराली जान भनेर निस्केका थिए । महेन्द्रनगरबाट सिर्जनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएर एउटामा १० महिने छोरासहित सिर्जना र अर्कोमा शिवशंकर चढेको भाइ रामको भनाइ छ ।

शिवशंकरको परिवारका अनुसार केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई सिर्जनाले नाना (हजुरबुबा) को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएको भाइ रामको भनाइ छ । ससुराली जान भनेर निस्केका शिवशंकरको शव वीभत्स अवस्थामा भेटिएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM