चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १८ फाल्गुण/
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सा जिल्लामा १९ गते हुन लागेको चुनावी प्रतिष्पर्धामा सह सचिव पदको लागि उम्मेदवारी दर्ता गराएका दिलीप राज कार्की सबभन्दा प्रिय उम्मेदवारको रुपमा देखा परेका छन् ।
विद्यार्थी जीवनदेखि नै सामाजिक क्षेत्रमा चर्चित र साझा व्यक्तित्वका रुपमा चर्चित दिलीप राज कार्कीलाई पर्साका काँग्रेसीमात्र नभई हरेक निकाय, तह र तप्काका व्यक्तिमाझ लोकप्रिय व्यक्तिको रुपमा चिन्छन् ।
समाजसेवा, जनसम्पर्क, सहयोगी भावना, मृदुभाषी कार्कीलाई नेपाली काँग्रेस पर्साको सह सचिवमा निर्वाचित गराउन पर्ने काँग्रेसका दुबै खेमाका नेता कार्यकर्ता मात्र नभई आम काँग्रेसीहरूले राय व्यक्त गरेका छन् ।