२०८३ जेष्ठ ८ गते, शुक्रबार ११:२६

पूर्व राष्ट्रपतिबाट पाँच जना सम्मानित




काठमाडौँ । पूर्व राष्ट्रपति डा रामवरण यादवले आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा, प्रविधि क्षेत्रका पाँच जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान गर्नुभएको छ । 

फेयर एक्सप्रेस मिडियाद्वारा आज यहाँ आयोजित कार्यक्रममा भाषा आयोगका पूर्व अध्यक्ष लवदेव अवस्थी, नेपाल इञ्जिनियरिङ परिषद्का सदस्य मिथिलेशकुमार झा, शैक्षिक परामर्शदाता राजेन्द्र बराल, शिक्षाविद् बादल प्रधान, नेपाल वाणिज्य सङ्घका उपाध्यक्ष उर्मिला श्रेष्ठ र राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललाई सम्मान गरिएको हो ।

राष्ट्रपति डा यादवले लोकतान्त्रिक आन्दोलनपछि शिक्षामा धेरै परिवर्तन भएको तथा सङ्ख्यात्मक रुपमा शैक्षिक प्रतिष्ठान बढे पनि गुणस्तरमा सुधार नभएको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, “पछिल्लो पुस्ताले दुनियाँका बारेमा धेरै बुझेको तर आफ्नो देशका बारेमा खासै बुझेका छैनन् । देशको राजनीतिक इतिहासका विषयमा धेरै बालबालिकाले दुई पेज लेख्न नसक्ने अवस्था छ । यसको दोष बालबालिकालाई मात्र होइन राज्यलाई पनि दिनुपर्छ । राज्यले देशलाई प्रचुर मात्रामा बुझाउने सामग्री पाठ्यक्रममा अनिवार्य रुपमा समावेश गर्नुपर्छ । आफ्नै मातृभूमिलाई नबुझ्ने व्यक्ति उत्पादन गरेर राष्ट्र निर्माण सम्भव हुँदैन ।”

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM