१ चैत, काठमाडौं । प्रधानमन्त्री समेत रहेका कुलपति केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू) को सभा (सिनेट) आह्वान गरेका छन् ।
सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्न नसकेपछि कुलपति समेत रहेका ओलीले सभा बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बस्नेगरी सभाको बैठक बोलाइएको हो ।
केयूका पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्य समिती बनाइएको थियो ।
समितिले फागुन २ र ३ गते उपकुलपतिका लागि उम्मेदवार दिएकाहरूको अन्तर्वार्ता सकाएर पनि नाम सिफारिस गर्न सकेको छैन ।
यो समितिले नाम सिफारिस गर्न नसकेपछि समिति के गर्ने भनेर निर्णय लिन सभा बोलाइएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।