Saturday, March 15, 2025
घरसमाचारआमिर खानले चिनाए प्रेमिका, को हुन् गौरी स्प्राट ?

आमिर खानले चिनाए प्रेमिका, को हुन् गौरी स्प्राट ?

मुम्बई । बलिउड अभिनेता आमिर खान शुक्रबार ६० औं जन्मदिन मनाउँदैछन् । जन्मदिन पूर्वसन्ध्यामा आयोजित बर्थडे पार्टीमा नयाँ प्रेम सम्बन्धको खुलासा गरेपछि उनी चर्चाले घेरिएका छन् ।

गौरी स्प्राट नामकी एक महिलालाई प्रेमिकाको रुपमा चिनाउँदै आमिरले प्रशंसक र बलिउड जगतलाई चकित तुल्याए । मुम्बईको एक होटलमा आयोजित प्रि-बर्थडे सेरेमोनीमा मिडियासामु उनले प्रेमिका चिनाए । गौरीबारे मिडियासँग प्रश्नोत्तर गरे ।

१८ महिनादेखि गौरीसँग डेटिङ गरिरहेको पनि आमिरले बताए । प्रेमिकाको रुपमा गौरीलाई आमिरले चिनाएपछि यी रहस्यमयी महिलाबारे चासो पनि बढेको छ ।

को हुन् गौरी स्प्राट ?

बैंग्लोरमा सैलुन व्यवसाय चलाउने रीता स्प्राटकी छोरी हुन् गौरी । जीवनकालको धेरै समय उनी बैंग्लोरमा बसिन् । सामाजिक संजाल लिंक्डइनका अनुसार गौरीले ब्लु माउण्टेन स्कुलमा पढेकी हुन् । सन् २००४ मा लण्डनको युनिभर्सिटी अफ आर्ट्समा फेसन डिजाइन, एफडीए स्टाइलिङ र फोटोग्राफी कोर्स अध्ययन गरिन् । अहिले उनी मुम्बईमा बीब्लन्ट नामक सैलुन संचालन गर्छिन् ।

मिडिया कुराकानीमा विहिबार गौरीले आफूले आमिर खानको प्रोडक्सन कम्पनीसँग मिलेर काम गरिरहेको बताएकी छन् । गौरीका एक ६ वर्षिय सन्तान छन् जसलाई आमिरले २५ वर्षदेखि चिन्छन् । उनीहरूले १८ महिनादेखि डेटिङ थालेका थिए ।

सम्बन्धलाई आमिर र गौरीले कसरी गोप्य राखे ?

विहिबार आमिरले दिएको सबैभन्दा ठूलो सरप्राइज भनेको १८ वर्षदेखि उनीहरूले डेटिङ गरिरहेका छन् भन्ने हो । आफूहरू सम्बन्धमा प्रतिबद्ध रहेको बताउँदै आमिरले मिडियासामु भने, ‘हेर्नुस, मैले तपाईंहरू कसैलाई केही पनि थाहा पाउने मौका दिइँन ।’ हुन त यसअघि पनि आमिरले कुनै रहस्यमयी महिलालाई डेट गरिरहेको अनुमान चलेको थियो ।

आमिरले गौरीलाई भेट्न आफू बैंग्लोरमा जाने गरेको र त्यहाँ मिडियाको उपस्थिती पनि पातलो हुने गरेको बताए । गौरी मुम्बईमा आउँदा आफूले आफ्ना बच्चा र परिवारसँग भेटाएको पनि आमिरले बताए । शुक्रबार ६० वर्ष लागेका आमिरले साथी र परिवारसँग डिनरको योजना रहेको बताए । उनले यो डिनरमा गौरी पनि उपस्थित हुने बताइन् ।

आगामी समरमा आमिर खानको फिल्म ‘सितारे जमिन पर’ प्रदर्शन तयारीमा छन् । यो फिल्म यसअघिको हिट ‘तारे जमिन पर’को दोस्रो श्रृंखला हो । आमिरले मिडियामा प्रेमिका चिनाएपछि गुगलमा ‘गौरी स्प्राट को हुन् भनेर’ खोज्नेको संख्या उच्च छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -