Wednesday, November 27, 2024
घरक्राइम चेकडीआईजीको आशीर्वाद पाएपछि जिल्लालाई नटेर्ने सई यादव

डीआईजीको आशीर्वाद पाएपछि जिल्लालाई नटेर्ने सई यादव

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २ फाल्गुण ।
प्रहरी चौकी सिर्सियाका प्रमुख प्रहरी नायब निरीक्षक अजय कुमार यादवले आफुमाथि डीआईजी उमेश रंजितकारको आशीर्वाद प्राप्त भएकोले जिल्लालाई टेर्न छोडेका छन् ।

आफ्नो क्षेत्रबाट तस्करीको लाइन दिएर मधेश प्रदेशका डीआइजी उमेश रंजितकार समेतको लागि तस्करहरूसंग छुट्टै रकम असुली गरेर प्रनानि यादवले प्रहरी संगठनलाई बदनाम गरिरहेका छन् ।

अवैध गतिविधि र क्रियाकलाप नियन्त्रण गरेर समाजमा शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी सहित खटिएका प्रहरी नायब निरीक्षक अजय यादवले अवैध कारोबारी, जुवाड़े, तस्कर, कालाबजारीयाहरूलाई सहयोग गर्दा सो क्षेत्रको शान्ति सुरक्षामा पनि गम्भीर चुनौती देखिएको छ ।

प्रहरी नायब निरीक्षक यादवले सो चौकी प्रमुखको जिम्मेवारी पाएदेखि नै उक्त क्षेत्रबाट जटाधारी, पंडितजी सहित झन्डै एक दर्जन कारोबारीहरूलाई तस्करीको लाइन दिईएको श्रोत बताउँछ ।

सो क्षेत्रबाट भन्सार राजश्व चुहावट गरि दैनिक ५० लाख भन्दा बढीको कपड़ा, मोटर पार्ट्स, रजनीगन्धा, हार्डवेयर, सुर्तीजन्य सामग्री नेपाल भित्र्याईने गरिएको छ ।

त्यस्तै सोही क्षेत्र भएर दैनिक रुपमा पेट्रोलियम ईंधन, मदिरा एवं गाँजा लगायतको सामग्री नेपालबाट भारततर्फ अवैध रुपमा निकासी भैरहेको समाचारहरू प्रकाशमा आएका छन् ।

पर्सामा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले आफ्ना मातहतका प्रहरी अधिकारी, चौकी प्रमुख एवं प्रहरीहरूलाई संगठनले दिएको जिम्मेवारी एवं नीति अनुरूप काम गर्न दिनु भएको निर्देशनलाई समेत अटेरी गरेर प्रनानि यादवले मनोमानी ढङ्गले सिंगो संगठनलाई बदनाम हुने काम गरिरहेको बताइन्छ ।

मधेश प्रदेशका डीआइजी उमेश रंजितकार आगामी वैशाखमा अवकाश हुने दिन नजिकिएसँगै आठवटै जिल्लामा आफ्ना प्रिय पात्रहरुको माध्यमबाट तस्करीको लाइन दिएर असुली धन्दा संचालनमा ल्याएको बुझिएको छ । सोही अन्तर्गत पर्साबाट एकजना इन्स्पेक्टरले पनि उनको नाममा अवैध कारोबारीहरूसँग सेटिंग मिलाउने काम गरिरहेको खबरहरू प्राप्त भएका छन् ।

यस सन्दर्भमा प्रनानि यादवसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन…!

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -