२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमले हवाई उडान प्रभावित भएको छ ।
विमानस्थल कार्यालयका अनुसार बुधबार साँझ आन्तरिक तथा वाह्य दुवै उडान प्रभावित भएका छन् । जहाजहरू होल्ड गर्नुपरेको छ भने कतार एयरवेजको जहाजले ओभरसुट गरेको छ ।
त्यस्तै विमान बंगलादेश, कोरियन एयर सहितका जहाज आकासमै होल्ड छन् । आन्तरिक उडानका समेत धेरै जहाज होल्ड गर्नुपरेको छ ।