२०८३ जेष्ठ ९ गते, शनिबार १५:२८

तोलामा ६ सय बढ्यो सुन

२८ फागुन, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो ।

सुनको भाउसँगै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज २ हजार पुगेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM