Monday, March 10, 2025
घरसमाचार३५ लाखको संगीत रोयल्टी रकम १०० भन्दा धेरै सर्जकलाई बाँडियो

३५ लाखको संगीत रोयल्टी रकम १०० भन्दा धेरै सर्जकलाई बाँडियो

काठमाडौं । विभिन्न गीतका स्रष्टा तथा सर्जकलाई ३५ लाख बराबरको संगीत रोयल्टी रकम वितरण गरिएको छ । संगीत रोयल्टी संकलन समाजले सोमबार आयोजना गरेको समारोहमा १०० भन्दा धेरै सर्जकलाई रोयल्टी बाँडिएको हो ।

डिजि-टेनमेन्ट नामक एग्रिगेटरमार्फत सन् २०१६ देखि २०१९ सम्म एनसेल नेटवर्कबाट प्राप्त रोयल्टी रकम बाँडिएको समाजका महासचिव तथा गीतकार बी पाण्डेले जानकारी दिए ।

अर्जुन पोखरेल, राजनराज शिवाकोटी, श्रीकृष्ण बम मल्ल, आशिष अविरल लगायतक संगीतकर्मीले रोयल्टी रकम बुझे ।

संगीतकार पोखरेलले सबैभन्दा धेरै रकम ५ लाख ८८ हजार रुपैयाँ प्राप्त गरे । फेसबुकबाट प्राप्त हुने रोयल्टी रकम पनि चाँडै वितरण गर्ने संस्थाको योजना छ ।

पछिल्लो समय ‘रिङ ब्याक टोन’मार्फत हुने आम्दानी घट्ने क्रम रहेकाले यसबापत प्राप्त हुने रोयल्टी चाहिँ स्रष्टाले कार्यालयबाटै लिने गरेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -