सप्तरी । सप्तरीको तिलाठी कोईलाठी ३ सकपुरामा गए राति आगलागी हुँदा तीन परिवारको घर सहित अन्दाजी मूल्य करिब ३३ लाख ७० हजार बढीको धनमाल जलेर नष्ट भएको छ ।
लामखुट्टे धपाउन स्थानीय नयनि यादवको घरनजिकै बालेको परालको घुरबाट आगो सल्कन गई आगलागी भएको सप्तरी प्रहरी प्रमुख एसपी केन्द्र खतिवडाले जानकारी दिनुभयो ।
आगलागीबाट नयनि यादव ,गोकर्ण मुखिया र लखन मुखियाको टिनले छाएको टाटी बेरा भएको घर अन्न-पात, लत्ता-कपडा, भाँडा-बर्तन, काठ-पात, २ तोला सुन, चाँदी १ के।जी।, बाख्रा २ वटा समेत पूर्ण रुपमा जलेर नष्ट भएको एसपी खतिवडाले जानकारी दिनुभयो ।
उक्त आगलागी प्रहरी चौकी तिलाठीको टोली, सशस्त्र प्रहरी, राजविराज नगरपालिकाको दमकल, हनुमाननगर कंकालनि नगरपालिकाको दमकल र स्थानीय बासीहरूको सहयोगमा करिब २२स१५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको र मानवीय क्षति नभएको एसपी खतिवडाले जानकारी दिनुभयो ।