२०८३ जेष्ठ २८ गते, बिहीबार १२:५१

प्रधानमन्त्री कपको तयारी पूरा, आजदेखि तीन मैदानमा खेल सुरु




रुपन्देही। लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा आजदेखि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताका सबै तयारी पूरा भएको आयोजकले बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलहरू हुनेछन्। प्रतियोगिताका निर्देशक विनयराज भण्डारीका अनुसार पिच, खेलाडी बसोबास तथा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको छ।

प्रतियोगिता चैत्र १६ गतेसम्म चल्नेछ। ४६ खेलमध्ये सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेकमा १५ र लमहीमा १४ खेल हुनेछ। फाइनल खेल सिद्धार्थ रंगशालामा हुनेछ।

प्रतियोगितामा सात प्रदेशका टोली तथा नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिम सहभागी छन्। हरेक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM