Tuesday, November 26, 2024
घरक्राइम चेकवीरगंजमा घरधनीहरूको आतंक, घर बहाल दोब्बर बृद्धि

वीरगंजमा घरधनीहरूको आतंक, घर बहाल दोब्बर बृद्धि

वीरगंज ।
वीरगंजका घरधनिहरु मानवतालाई रद्दीको टोकरीमा फालेर बहालमा बस्नेहरूलाई आतंकित पार्न थालेका छन् ।

वीरगंजलाई केन्द्र बनाएर दैनिक गुजारा टार्ने हिसाबले व्यवसाय एवं विभिन्न सेवामूलक कार्यका लागि घर, सटर इत्यादि बहालमा लिई बस्दै आएकाहरूमाथि वीरगंजका घरधनिहरुले एक वर्षमैं भाड़ा दरमा दोब्बर बृद्धि गरेर चरम लूट मच्चाएका छन् ।

मधेश आन्दोलन (नाकाबन्दी) राजनीतिक अस्थिरताको चपेटामा धराशायी भएर उठ्नै लागेका व्यवसायी एवं पेशाकर्मीहरू कोरोना महामारीमा भएको लकडाउनका कारण मरणासन्न अवस्थामा छन् । यस्तो अवस्थामा वीरगंजका घरधनीहरूले भाडा तिर्न धौ धौ परेका बहालबालहरूसंग बैंकको ब्याजको कारण देखाएर घर भाडा दोब्बर गरेका छन् ।

बढेको घर बहालको कारण भाडामा बस्ने र व्यापार गर्नेहरुको अवस्था झनै पीडादायी भएको छ । खासगरेर त्रिभूवण राजमार्ग, लिकंरोड, घण्टाघर र मेनरोडका नजिकै रहेको एरियाका राम्रा फ्लेटहरुको भाडा एक वर्षमै दोब्बर गरेर भाडामा बस्नेलाई आतंकित पारेका छन् ।
कोरोना महामारी, लकडाउन इत्यादिका कारण आर्थिक आमदानी घटेपनि घरभाडा आकाशिएपछि बहालमा बसेकालाई घरभाडा तिर्न हम्मे-हम्मे परेको हो ।

केहि अघिसम्म ३०देखि ३५ हजारसम्ममा पाउने फ्लेटको भाडा दोब्बर भएर ६० देखि ७० हजारसम्म पुगेको हो । आकाशिएको घर भाडाको कारण कतिपय व्यक्तिहरु डेरा छाडेर अन्तै पलायन हुन बाध्य भएका छन् । मुलुकको प्रमुख भन्सार नाका र आर्थिक नगरी वीरगंजमा बढेको घर भाडाले डेरा तथा सटर पाउनै मुश्किल भएको छ ।

माग अधिक र कोठा सिमित हुँदा व्यापार र डेरा गरी बस्नेहरुको लागि चाहिने घर र सटरको अभाव भएको हो । वीरगंज बजारको अवस्था पुरानै छ । वीरगंजको घण्टाघरदेखि रजतजयन्ती चोकसम्म सडक चौडा पार्ने सरकारको लक्ष्य रहेता पनि सर्वोच्च अदालतमा मुद्दा चलिरहेकोले सडक विस्तार कार्य रोकिएको छ जसले गर्दा वीरगंजको मुख्य सडक भत्काइएको छैन ।

सिमित पसलहरु रहेका कारण वीरगंजमा सटरको मूल्य पनि बढ्दै गएको छ । दुई वर्षदेखि कोरोना महामारीको कारण व्यापार र व्यक्ति आम्दानीमा मन्दीको अवस्था आएपनि घरधनीहरुले भाडादरलाई गुणात्मक रुपमा बढाउदै आएका छन् ।

तर वीरगंज महानगरपालिकाका घर बहालकर असुलीमा खासै प्रगति देखिएको छैन । माइस्थानका पसलेका अनुसार पहिले मासिक ४० हजार भाडा पर्ने मध्यम साइजको पसललाई घरधनीले ५० हजार भाडा तिर्न ताकेदा गरिरहेको बताए । पहिले ७० हजार पर्ने सटरलाई अहिले एक लाख रुपैयाँ तिरेको ब्यवसायीहरु बताउँछन्।

मुख्य गरी वीरगंज घण्टाघर-लिंकरोड, घण्टाघ-रानीघाट, घण्टाघर, माईस्थान, आदर्शनगर, छपकैया, घडिअर्वा, आदर्शनगर, कुमालटोल, गहवामाई मन्दिर, गहवामाई दुई नम्बर रोडलगायत क्षेत्रमा घर तथा कोठाको भाडा बढाइएको छ ।

महंगो भाडाको कारण गाउँ देहातबाट आइ भाडामा बस्ने र पसल व्यवसाय गर्न आएका केही पसलेहरु ६ महिनामा पसल व्यापार गरी सटर छोडेर पसल बन्द गर्ने र अर्कै सस्तो ठाउँमा सर्ने गरेका छन् । एउटा पसले छोडेर गएपछि अर्को पसलेसंग केही रकम बढाएर घरबेटीले पसल भाडामा लगाउने गरेको पाइएको छ ।

बजार पुरानै अवस्थामा रहेको र पुरानो घरमा पनि लाखौ रुपैया खर्च गरी पसल गर्दा मासिक लाखौ भाडा तिर्न परेको वीरगंज घण्टाघरका एक पसले बताए । यसैलाई अधार बनाएर वीरगंजमा सटर भाडा पनि बढाउदै लगिएको पसलेहरुले बताएका छन् । दुई वर्षदेखि कोरोना महामारीको कारण व्यापार मन्दा र घाटा लागेपछि घरधनीहरुले पसलको भाडा बढाउनु अव्यवहारिक भएको बताइएको छ । एक पसलेका अनुसार पहिलो कोरोना महामारीमा करिब ६ महिना पसल बन्द हुदा सयौं पसलेहरु मारमा परेकाथिए ।उनीहरुले घर भाडा तिर्न र बैंकको ब्याजमा तिर्न पनि धौधौ भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -