२०८३ जेष्ठ २८ गते, बिहीबार १४:१५

पीएम कप खेल्ने गण्डकीको टोली घोषणा

२३ फागुन, काठमाडौं । आइतबारदेखि सुरु हुने पीएम कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

बिपिन खत्रीको कप्तानीमा शनिबार गण्डकीको टोली घोषणा भएको हो । टोलीमा बिपिनसँगै अर्जुन कुमाल, सुदिप अर्याल, अमृत गुरुङ, सुवास भण्डारी, मुस्कान थापा, चन्द्रकान्त पौडेल, दीपक डुम्रे छन् ।

त्यस्तै समीर कँडेल, वंश क्षेत्री, कमल परियार, रोहित चन्द, सुजन गौतम, दिनेश बुढामगर र समीर पराजुली छन् ।

पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा हुँदैछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM