२०८३ जेष्ठ २९ गते, शुक्रबार १३:११

डा विन्दा पाण्डेको ‘भूइँमान्छे’ विमोचन




झापा । साहित्यकार डा विन्दा पाण्डेको ‘भूइँमान्छे’ नामक कृतिको आज सुखानी सहिद स्मृति पार्कमा विमोचन भएको छ ।

लेखक डा पाण्डेले विसं २०२८ को झापा विद्रोहदेखि २०४६ सालसम्म किसान, मजदुरहरूदेखि सर्वहारा वर्गले आन्दोलन सफल पार्न गरेको सहयोगमा आधारित पुस्तक भएको बताउनुभयो । 

उहाँले पुस्तकमा ‘कोअर्डिनेसन’ केन्द्रदेखि माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रा, आन्दोलन र सो बेला योगदान पुर्‍याउने कार्यकर्ताका बारेमा पुस्तकमा रहेको बताउनुभयो । 

कृतिको ५२औँ सुखानी स्मृति दिवसमा सहादतस्थल सुखानीमै विमोचन गरिएको उहाँले बताउनुभयो । कृतिको विमोचन तत्कालीन नेकपा मालेका आश्रयदाता टेकबहादुर राई र भक्तबहादुर आलेले गर्नुभएको थियो । 

साङ्ग्रीला प्रकाशन प्रालिको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा झापा विद्रोहका योद्धा नरेश खरेल संविधानसभा सदस्य रविन कोइरालालगायते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । 

डा पाण्डेले यसअघि आधा दर्जन कृति प्रकाशित गरिसक्नुभएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

रामहरि श्रेष्ठ हत्या प्रकरण: सर्वोच्चद्वारा अघिल्लो फैसला उल्ट्याउँदै गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ

रामहरि श्रेष्ठ हत्या प्रकरण: सर्वोच्चद्वारा अघिल्लो फैसला उल्ट्याउँदै गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ

Live

Listen Live FM