Tuesday, March 4, 2025
घरसमाचारखानेपानी पाइप फुटेर बिग्रिएको सडक यसरी गरियो सफा (तस्वीरहरू)

खानेपानी पाइप फुटेर बिग्रिएको सडक यसरी गरियो सफा (तस्वीरहरू)

२० फागुन, काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेपछि बिग्रिएको सडक सफा गरिएको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको थियो ।

पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किनुका साथै पानीले आसपासका पसलहरु डुबानमा परेका थिए । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका थिए । सडकपेटीमा पनि क्षति पुगेको छ ।

अहिले सडक,  रेष्टुरेन्ट, औषधि र फलफूल पसलमा पसेको पानी   हटाइएको छ ।  डोजरकै प्रयोग गरे त्यहाँ जम्मा भएका ढुंगा र गिट्टी हटाइएको छ । यससँगै अवरुद्ध भएको सडक पनि सञ्चालनमा आएको छ ।

आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको थियो । पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन ।

यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार-बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए ।

                              

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -