२०८३ असार २ गते, मंगलवार १९:३०

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश अध्यक्षमा पन्थी निर्वाचित 




रुपन्देही । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः शोभाकर पन्थी निर्विरोध निर्वाचित हुनुभएको छ। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको दोस्रो दोस्रो अधिवेशनले पुनः शोभाकर पन्थीको अध्यक्षतामा ३३ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

जसको उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी, सचिवमा कृष्ण पोख्रेल, बेणीमाधव बस्याल, माधव कँडेल, जनक चौधरी, दिपक न्यौपाने, निता चौधरी र कोषाध्यक्षमा बिनोद भट्टराई निर्विरोध निर्वाचित हुनु भएको प्रेस चौतारी नेपालका केन्द्रिय सचिव प्रदीप आचार्यले बताउनुभयो । 

नवनिर्वाचित अध्यक्ष, पदाधिकारी सहित सदस्यहरूलाई प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले सपथ खुवाउनुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM