Photo Credit : Balaram Sherpali
१७ फागुन, रुकुमपूर्व । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले देश संघीयतामा प्रवेश गरे पनि कानुन अभावले स्थानीय सरकारलाई काम गर्न कठिनाइ भएको बताएका छन् ।
शनिबार हिमाली जिल्ला रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्ती मगरले कानुन अभावबारे धारणा राखेका हुन् ।
उनले अहिलेसम्म पनि पुराना कानुनहरू लागू हुुँदा जनतालाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाह गरेन कठिनाइ भएको बताए।
लुम्बिनी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रियालााई तीव्र रुपमा अघि बढाउन लागिरहेको उनले जिकिर गरे ।