Saturday, March 1, 2025
घरसमाचारयुक्रेनी राष्ट्रपतिले माफी माग्नुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ, जेलेन्स्कीद्वारा अस्वीकार

युक्रेनी राष्ट्रपतिले माफी माग्नुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ, जेलेन्स्कीद्वारा अस्वीकार

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीबीच मिडियाकै सामुन्न भएको तिखो बहसले तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध तत्काल रोक्न भइरहेको पहलमा झट्का लागेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ओवलमा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग जेलेन्स्कीको चर्काचर्की भएको थियो । यससँगै दश मिनेटमै वार्ता बिथोलिएको थियो र जेलेन्स्की निस्कनु परेको थियो ।

यो घटनापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नु पर्ने बताए । ‘राष्ट्रपति ट्रम्पले कयौं महत्वपूर्ण सम्झौतालाई टुंग्याएका छन् । तर, त्यस्तो व्यक्तिको अगाडि जेलेन्स्की यसरी आक्रामकताका साथ प्रस्तुत हुन्छन् भने वार्ता कसरी सम्भव हुन्छ ? जेलेन्स्की शान्तिसम्झौताको कुरा त गर्छन् तर सम्भवतः त्यो चाहँदैनन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने माफी माग्न अस्वीकार गरेका छन् । फक्स न्युजसँग कुराकानी गर्दै जेलेन्स्कीले भनेका छन्, ‘मलाई लाग्छ, मैले माफी माग्न जरुरी छैन । म अमेरिकी राष्ट्रपति र अमेरिकी जनतालाई सधैं सम्मान गर्छु । मलाई लाग्दैन कि मैले कुनै गल्ती गरेको छु । लोकतन्त्र र स्वतन्त्र मिडियाको आदर गर्दै म भन्न चाहन्छु, कि केही कुरामा मिडियाभन्दा अलग रहेर वार्ता गर्न आवश्यक हुन्छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -